Friday 31 July 2015

"अग्यात मानिस"
ग्यानको भन्डार कहाँ राखिएको छ..?
थाहा छैन त्यो कुन ठाउँमा के चिजले ढाकिएको छ ।

थाहा भयो आजकल बिना धन नपाईदो रहेछ शिक्षा,
बिना पैसा जीवन गरिबको दलदलमा भासिएको छ ।

छोई सक्नु छैन आजकल केटाकेटी पनि जाडरक्सिले
कुरिती फैलियो जताततै धर्म सस्कार नासिएको छ ।

जन्मन नपाउदै ट्यापे बोली को सुरुवात हुन थाल्यो,
लोकभाका र सुसेलिहाली मासिदैछ ।

लोप हुँदै गयो पुराना कला कृति अनि सम्पदा,
यहाँ पैसा सग मान्छे सटिदैछ ।


प्रबेश कुरुम्बङ्ग

No comments:

Post a Comment